शिवम् सिमेन्टको ‘शिवम् कीर्ति समारोह’ सम्पन्न

काठमाडौं  ०२ असार २०८१

शिवम् सिमेन्टले ‘शिवम् कीर्ति समारोह–२०८१’ आयोजना गरेको छ ।

पाँच वर्ष लामो अन्तराल पछि ‘उडान–समृद्धि र सहयात्रा’ शीर्षकमा समारोह आयोजना गरिएको कम्पनीले जनाएको छ ।

समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरूमध्ये सर्वोत्कृष्ट ३१ डिलरलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरेको छ ।

कम्पनीका अनुसार सर्वोत्कृष्ट डिलरहरूलाई रिजनल अवार्ड अन्तर्गत प्रगति र परमवीर अवार्डका साथै नेसनल अन्तर्गत त्रिनेत्र, सदाबहार, कल्पवृक्ष्य अवार्ड प्रदान गरिएको थियो ।

उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरलाई शिवम् डायमन्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मान गरिएको कम्पनीले जनाएको छ ।

समारोहमा कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले ‘विगत पाँच वर्षमा कोभिड–१९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरूले देखाएको धैर्यता र एक्यबद्धतालाई आधार मानेर कार्यक्रमको शीर्षक तय गरिएको बताए ।

कम्पनीका अनुसार ललितपुरमा रहेको सुपर स्टार ट्रेडिङ हाउस परिवारले शिवम् नेसनल डायमन्ड अवार्ड हात पार्दा सुशील हार्डवेयर गोलबजारका प्रोपाइटर सुनिलकुमार सिंहले शिवम् नेसनल गोल्ड अवार्ड जिते । यसैगरी पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले शिवम् नेसनल सिलभर अवार्ड हात पारे ।

त्यस्तै शिवम् सिमेन्टका सर्वोउत्कृष्ट विक्रेता अन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जिते ।

समारोहमा नेपालका साथै भारतका ख्याति प्राप्त कलाकारहरू कृष्ण अभिषेक र सुदेश लेहरीले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै शिवम् सिमेन्टको देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट बन्न सफल भएको शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया