|
|
२०८२ बैशाख २९
408 views
ललितपुर - काठमाडौं । । आइतबार सुकेधाराबाट पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध अनुसन्धानका लागि २ दिनको म्याद थप भएको छ ।
उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
अनुसन्धान गर्दै अन्य कसुर खुलेको अवस्थामा उक्त कसुर पनि आकर्षित हुने जनाइएको छ । १५ चैतमा भएको तीनकुने क्षेत्रमा भएको राजावादी हिंसात्मक आन्दोलनमा आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

बिजनेस पाटी