शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारसभा सम्पन्न

काठमाण्डौ २३ पुस २०८०,।

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारसभा शनिवार सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिकामा स्थानिय स्तरमा सञ्चालित शुभश्री बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा नगरपिता सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष वालकृष्ण श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा ठुलो संख्यामा सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मेयर सुरेन्द्र श्रेष्ठ मध्यपुर ठिमिमा सञ्चालित सहकारीहरु मध्ये शुभश्रीले राम्रो गरेकोे बताए ।

मध्यपुरमा सञ्चालित सहकारीहरुमा अन्यन्त्र जस्तो समस्या नरहेको र त्यस्ता समस्या आउन नदिने पनि उनले बताए ।
२,६६० जना शेयर सदस्य रहेको सहकारीमा हाल ४ करोड ८३ लाख ३२ हजार शेयर पुँजी रहेको छ । सहकारीको निक्षेप रकम २७ करोड ७१ लाख १७ हजार रहेको छ भने ऋण लगानी २३ करोड ८१ लाख रहेको छ । सहकारीले गत बर्ष २१ लाख २५ हजार खुद नाफा गरेको छ ।
सभाको अध्यक्षता गरेका सहकारीका अध्यक्ष ज्ञानकाजी श्रेष्ठले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक गोपाल नहा श्रेष्ठले लेखा प्रतिवेदन पढेर सुनाएका थिए । सभाले उत्कृष्ठ बाल बचतकर्ता , उत्कृष्ठ विधार्थी, बायोबृद्ध शेयर सदस्यहरु लगायतलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रमा मित्र सहकारीहरु, नेफस्कुन, जिल्ला बचत लगयात संस्थाहरुबाट पनि प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया