२०८२ आश्विन १६ | Oct 02, 2025

शेयर बजारमा उच्च अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १५
|
204 views

ललितपुर । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३८.४० अंकले घटेर २,९१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १५ अर्ब ९८ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा ट्रेड टावर र नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.१० प्रतिशतका दरले गुमाएका छन् ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार १६ अर्ब ४४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको १ लाख ६८ हजार ५९४ पटकको कारोबारमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको ३ करोड ६८ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन २ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कमपनीको शेयरमूल्य यस दिन सर्वाधिक ७.१० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ६९ करोड रुपैयाँ नाघेको छ।

यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.१८ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।४४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया