‘श्रमिक कम्युनिस्ट पार्टी नेपाल’ निकट मजदुर संगठनको प्रशिक्षण सम्पन्न

काठमाण्डौ २ भदौ २०८१

“जनतामा जाऔं,जनताको सेवा गरौं “नाराशहित देशैभर अभियानमा रहेको पार्टी श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठनले बैचारिक तथा राजनितीक प्रशिक्षण सम्पन्न गरेको छ। बैचारिक एबं राजनितीक रुपमा पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको श्रम तथा ब्यवशायजन्य सुरक्षा बिभाग दर्ता नं १६ रहेको छ भने संगठन श्रम क्षेत्रमा क्रीयाशिल मानिन्छ।उक्त महाँसंघका अनुसार औपचारिक ,अनौपचारिक एबं अन्य क्षेत्र श्रमिकहरुको स्थिती नाजुक रहेको देखिन्छ भने सम्बन्धित निकाय यसप्रती मौन रहेको छ।
कार्यक्रमको प्रमुख आकर्षणमा करिव २६ जना अगुवा श्रमिक प्रतिनिधि एबं सचेत नागरिकहरुले पार्टी प्रवेश गर्नुभएको थियो।नाप्रवेशी युवा श्रमिकहरुलाइ कार्यक्रमका प्रमुख अतिथी,अतिथी सहित आयोजकबाट भब्य स्वागत गरिएको थियो।
आयोजकका अनुसार चाहे त्यो मुलुकभित्र नै होस या वैदेशिक रोजगारिको क्रममा श्रममा आवद्ध श्रमिक मजदुरहरुको निर्वाहमैत्री रोजगारी र सुरक्षित सुनिश्चितताको सवालमा पहलकदमी आवश्यक रहेको छ।
श्रमिक कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय आयोजक समिती सदश्य समेत रहेका महाँसंघका केन्द्रीय संयोजक बिनोद थापाको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी पार्टिका केन्द्रीय संयोजक समरजंग हुनुहुन्थ्यो।कार्यक्रममा अतिथी पार्टिको केन्द्रीय आयोजक समिती सदश्य,सल्लाहकार समिती सदश्य र पार्टी निकट बिभिन्न जबस संगठनका प्रतिनिधीहरु रहेका थिय भने महाँसंघको मातहतका बिभिन्न तहका अगुवा मजदुर नेताहरुको समेत उपस्थिति रहेको बताइएको छ।कार्यक्रमको सञ्चालन महाँसंघका केन्द्रिय सदश्य सदश्य सिवि बस्यालले गर्नुभएको थियो।त्यसैगरि श्वागत मन्तब्य केन्द्रिय सदश्य इश्वर बुढाथोकीको रहेको थियो।बैचारिक प्रशिक्षण लगत्तै महाँसंघ श्रमिक र उत्पीडित जनसमुदायको बिचमा अभियानात्मक रुपमा जानेछ।अभियानले मुलत श्रमिक हरुको हक तथा अधिकारको निम्ती नवाऔपनिवेशिक पुँजिवाद र शत्ता सँग सशक्त संघर्ष गर्न श्रमिकहरुमा अपिल गरेको छ।सार्गर्भित मन्तब्यका क्रममा प्रमुख अतिथी र अतिथिहरुबाट श्रमिकहरुले अधिकारको साँचो प्रत्यभुतिको लागी निर्णायक संघर्षका लागी तैयार रहन आवश्यक रहेको बताइएको थियो।
कार्यक्रममा बिद्रोहको क्रममा पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुको नामावली यसप्रकार रहेको छ:-
१)रामकृपाल पण्डित
२)बिनोद पण्डित
३)बृजकिशोर महतो
४)जितेन्द्र महतो
५)पेम्बा शेर्पा
६)बन्दना माझी
७)मधुसूदन मरासिनी
८) जय चौधरी
९)बिक्रम दर्जी
१०)गुञ्ज बहादुर बि.क.
११)अशोक थारु
१२)आनन्द पौडेल
१३)शिशिर सिके
१४) बम बहादुर मगर
१५)दिपक मगर
१६) डम्बर बहादुर मगर
१७) नारायण शा शंकर
१८) शोवीत मगर
१९)शिनम मगर
२०)डम्मर भण्डारी
२१)सुकराम बुढा
२२)हिरा बुढा
२३)सुक बहादुर रावत
२४)श्यामशुन्दर पण्डित
२५)प्रभु पण्डित
२६)प्रसान नेपालि

फेसबुकबाट तपाईको प्रतिक्रिया