श्रीकृष्ण जन्माष्टमी महामहोत्सव भव्यताका साथ आयोजना

काठमाडौँ १भदौ २०८१– यहि २०८१ भाद्र १० गते नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को बुढानीलकण्ठ स्थित श्रीश्री राधागोविन्दहरि मन्दिरमा श्रीकृष्ण जन्माष्टमी महामहोत्सव भव्यताका साथ आयोजना भएको छ । भगवान श्रीकृष्ण साक्षात परब्रह्म हुनुहुन्छ र सम्पुर्ण अवतारहरुको श्रोत, अवतारी हुनुहुन्छ । धर्मक्षेत्र कुरुक्षेत्रको भुमिमा भगवान श्रीकृष्णले आफ्नो प्रिय भक्त अर्जुनलाई श्रीमद्भगवद्गीताको दिव्य उपदेश दिनुभएको थियो । यस पृथ्वी धरातलमा समाजमा धर्म स्थापनाको उद्घेश्यसाथ भएको भगवान श्रीकृष्णको प्राकट्य उत्सवले हाम्रो देशमा आध्यात्मिक र सांस्कृतिक महत्व धारण गरेको छ ।

यस महोत्सवले दिव्यता र प्रेमको प्रतिष्ठा बोकेको छ र भगवान श्रीकृष्णद्घारा प्रतिष्ठित शिक्षाहरु र गुणहरुको जयपुर्वक मनाउने अवसर प्रदान गर्दछ । यसरी हिन्दु सनातन धर्ममा आस्था भएकाहरुले भगवान नामको किर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लासपुर्ण बिधिले उत्सब मनाउने गरिन्छ ।यस श्रीकृष्णजन्माष्टमीमा विश्व प्रख्यात गुरुद्वय श्रद्धेय स्वामी पत्रीदास ज्यू एवं श्रद्धेय रुपेश्वर गौर दास ज्यूद्वारा युवावर्गमाझ आध्यात्मिक तथा सांस्कृतिक जागरणका निमित्त विशेष प्रवचन आयोजना गरिएको थियो । महोत्सवमा पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारी , रक्षा मन्त्री माननीय मानबिर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे , वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय दिपक खड्का , नेपाल सरकारको मुख्य सचिव लिलादेवी गड्तौला , प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवर भगवानको दर्शन, आरती र अभिषेकमा सहभागी भएका थिए ।


लाखौँ श्रद्वालु भजनको उपस्थितमा बिहान ४ः३० बाट शुरु भएको यस कार्यक्रममा नगरबासीहरुको उपस्थितिमा भगवान् नामको किर्तन, भगवान्को दिव्य लिला वर्णित ग्रन्थको वितरण तथा दिव्य भगवान्को प्रसाद वितरण गरिन्छ । आफ्नो परम्परागत पोशाकमा भुषित भएका भक्तजनहरु प्रफुल्ल हृदयले समुदायमा हर्ष, प्रेम र मेलमिलापका लागि परमपिता श्रीकष्णको आशिर्वाद प्राप्त गर्नको लागी उपस्थित हुने गर्दछन् । भक्तिपुर्ण भजन, श्री राधाकृष्णका सुन्दर बिग्रहहरुको महाअभिषेक(स्नान) गर्दै, भक्तजनहरुका मुखारबृन्दबाट भगवानका दिव्य लिला, उपदेश आदिको श्रवणको अवसर प्राप्त हुनेछ । प्रेम र भक्तिपुर्ण तवरले तयार पारिएको स्वादिष्ट प्रसाद लिएर सम्पुर्ण भक्तजनहरु नृत्यगानमा तल्लिन भइ श्रीकृष्णको जीवन, उपदेशमा आधारित नाटक प्रस्तुत भइ यस महामहोत्सवको समापन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया