२०८२ फाल्गुन ६ | Feb 18, 2026

श्रीराम मंदिरको भव्य अभिषेकको खुशियालीमा लगनखेलको हनुमान मंदिरमा ११०१ दीप प्रज्वलन

BusinessPati बिजनेस पाटी
|
२०८० माघ ९
|
255 views

काठमाडौँ ०९ माघ २०८०।

भारतको अयोध्सोयामा सोमवार गरिएको श्रीराम मंदिरको भव्य अभिषेक तथा प्राण प्रतिष्ठा गरिएको खुशियालीमा ललितपुर महानगरपालिका १२ नं.वडा स्थित लगनखेलको हनुमान मंदिरमा ११०१ दीप प्रज्वलन गरिएको छ। सो अबसरमा हनुमान मंदिर प्रांगणलाई फूल तथा दीपले सजाईएको छ ।

आजको यो खुशियालि हनुमान मन्दिरमा
श्रद्वालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्ह अवसरमा हनुमान सेवा केन्द्र लगनखेलका अध्यक्ष माधब बस्नेतले भारतको अयोध्यमा श्रीराम मंदिरको प्राण प्रतिष्ठा गरिएकोमा नेपालका हिन्दुहरुको लागि समेत गर्वको विषय रहेको बताएका छन्। बिगत एक दशक देखि अध्यक्षको कार्यभार सम्हालेका बस्नेतले यो मन्दिरको भौतिक संरचनामा तथा ब्यवस्थानमा विशेष योगदान पुर्याएका छन् । हाम्रो मुलुकमा धार्मिक सहिष्णुता तथा सद्भाव रहेकोले अयोध्या स्थित भगवान श्रीरामको प्राण प्रतिष्ठाले समग्उर हिन्नीदुहरुलाई खुशी लाग्नु स्वभाविक रहेको बताएका छन् । स्थानीय सरकार ललितपुर महानगरपालिका १२ नं. वडा बाट मंदिरमा छानो तथा गजुर हाल्न दशौ लाख सहयोग भएको कुरा उनी बताउछन् । भारत तथा नेपालमा भगवान रामको आस्था तथा विश्वास राख्ने भक्तजनको संख्या वढेको र रामको भक्तहरुमा प्रेम ,दया, करुणाको भावना अत्याधिक हुन्छ भन्ने कुरा समेत बस्नेत बताउँछन् ।उर्जा नै शक्ति हो ,आनन्दनै उर्जा हो उनी प्रफुल्ल मुद्रामा बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया