२०८२ फाल्गुन ६ | Feb 18, 2026

श्री साशा इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण ९
|
918 views

काठमाडौं, ९ साउन २०८१

श्री साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५,००,००० कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्नको लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष श्री पवित्र कुमार कार्की तथा र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ । उक्त कार्यक्रममा साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव श्री दिलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया