२०८२ भाद्र ६ | Aug 22, 2025

संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा, आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २३

ललितपुर । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक हरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरुले उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै आन्दोलन गरेका हुन् ।

यसअघि संघको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
आन्दोलनको तालिकानुसार आज (सोमबार) देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।\

चिकित्सक संघले सोमबार स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने र मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय गरेको थियो ।

पछिल्लो समय उपभोक्ता अदालतले दिएका फैसलाहरुले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि खुलेआम हस्तक्षेप गरेको र चिकित्सकहरुको मनोबल गिराउने काम भएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गर्नु परेको संघका महासचिव डा। सञ्जिब तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपभोक्ता अदालतको नाममा धमाधम अस्पताल र चिकित्सकलाईे जरिवानाको फैसला हुन थालेपछि यसले असुरक्षित वातावरण सिर्जना गरेको भन्दै चिकित्सक संघले आज आकस्मिक बाहेकका सबै किसिमका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

यस्तो छ विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया