२०८२ आश्विन १६ | Oct 02, 2025

संयुक्त जनआन्दोलन समितिको बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१
|
102 views

ललितपुर । राजसंस्था पुनस्थापना तथा हिन्दु राष्ट्रको माग राखेर आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आजका लागि बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। बैठक सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बस्ने भनिएको छ ।
आजको बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह तथा अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन्। बैठकको पहिलो चरणमा भइरहेको आन्दोलनको समिक्षा तथा सरकारको दमनकारी नीतिलाई दृष्टिगत गर्ने रहेको छ त्यस्तै दोस्रो चरणको आन्दोलनको कार्यक्रम समेत तय गरिने प्रेस विज्ञप्ति मार्फत बताइएको छ।

राजसंस्था पुनस्थापना र सनातन हिन्दु राष्ट्रको घोषणा लगायतका विविध माग राखेर संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट गरेको आन्दोलनले एक हप्ता पार गरेको छ । अब दोस्रो चरणमा गरिने आन्दोलनको खाका आजको बैठकबाट तय हुने भएको छ । संयुक्त जनआन्दोलन समितिको आह्वानमा भइरहेको एक हप्ता लामो जनआन्दोलनमा सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ। आन्दोलनमा सहभागी सबै स्वाभिमानी नेपालीहरुमा हार्दिक धन्यवाद छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया