‘संविधानभन्दा माथि कोही छैन’

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र ३१
|
561 views

ललितपुर - काभ्रेपलाञ्चोक   उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताउँदै सबै नागरिक त्यसको परिधिभित्र रहनुपर्नेमा जोड दिनुभएको छ । आज नमोबुद्ध नगरपालिका वडा नं १ को वडा कार्यालय, मधुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा उहाँले संविधानको परिधिभित्र रहनु हरेक नागरिकको कर्तव्य हो भन्नुभयो । मन्त्री सिंहले गणतान्त्रिक शासन व्यवस्था स्थापना भएपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको सुनाउँदै सङ्घीयतापछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको बताउनुभयो । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति तीर्थ लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामालगायत उपस्थित हुनुहुन्थ्यो ।

 पात्रो/राशिफल  रेडियो YouTube