२०८२ आश्विन १६ | Oct 02, 2025

संविधान कार्यान्वयन गराउने दायित्व सबैको हो: प्रदेश प्रमुख मियाँ

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १
|
153 views

कैलाली  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान कार्यान्वयन गराउने दायित्व सबै पक्षको रहने बताउनुभएको छ । भारतका संविधान निर्माता डा भीमराव अम्बेडकरको १३४औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश प्रमुख मियाँले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउनुभयो । “हाम्रो देशको संविधान विश्वकै उत्कृष्ट संविधान हो”, उहाँले भन्नुभयो, “संविधानले पर्याप्त अधिकार दिएको छ, त्यसलाई कार्यान्वयन गराउनु तपाईँ हामी सबैको दायित्व हो ।” पाएको अधिकारलाई संरक्षण गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।

प्रदेश प्रमुख मियाँले जात, धर्म, वर्ग र लिङ्गको आधारमा विभेद गरे कडा कारबाही गर्ने व्यवस्था पनि कानुनमा रहेको उल्लेख गर्नुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका संविधानसभा सदस्य विश्वेन्द्र पासवानले सीमान्तकृत समुदायका धेरै नागरिक अझै पनि अधिकारबाट वञ्चित रहेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय कमिटी र धर्माेदय सभा शाखा बुद्ध विहारद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रम नेपाल बौद्ध अम्बेडकर महासभाका केन्द्रीय अध्यक्ष मनोज जैगडी अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया