सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १
|
1.4k views
ललितपुर । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ ।
सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनि स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए ।
फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुगेको  र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।
 पात्रो/राशिफल  रेडियो YouTube