२०८२ भाद्र ७ | Aug 23, 2025

सगरमाथा आरोहण स्मरणमा भर्टिकल च्यालेन्ज कप २०२५’ सम्पन्न : मन्त्री स्वयं चढे वाल

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १२

ललितपुर । पहिलो पटक सगरमाथाको दक्षिण (नेपाल) र उत्तर (चीन) बाट सफलतापूर्वक आरोहण गरेकी पत्रकार कल्पना महार्जनको २०१८ र २०१९ मे २३ का दिन सम्पन्न ऐतिहासिक यात्राको स्मरणमा आयोजना हुँदै आएको “ललितपुर क्लाइम्बिङ फेस्टिभल” यस वर्ष छैटौं संस्करणमा भव्य रूपमा सम्पन्न भयो ।

कार्यक्रमको मुख्य आकर्षण ‘मे २३ केएमइए छैठौं भर्टिकल च्यालेन्ज कप २०२५’ प्रतियोगिता थियो, जुन बागमती प्रदेशको झम्सिखेलस्थित एसेडन्ड क्लाइम्विंग सेन्टरमा सम्पन्न भयो । नेपाल स्पोर्ट क्लाइम्बिङ संघ र काठमाडौं उपत्यका विशेष समितिको संयोजनमा तथा माउण्टेन एभेन्च्योर स्पोर्टस् एकेडेमीको सहकार्यमा आयोजना गरिएको थियो ।

यसैबीच कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुका साथै आफैँ क्लाइम्बिङ वाल चढ्दै उपस्थित बाल खेलाडीहरूसँग उत्साह बाँडे । उनले आगामी दिनमा सरकारले क्लाइम्बिङ खेललाई योजनाबद्ध रूपमा राष्ट्रिय नीति र पूर्वाधारमा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै, प्रतियोगिता स्पिड क्लाम्विंग विधामा आयोजना गरिएको थियो, जसमा ४ देखि १८ वर्ष उमेर समूहका ६५ जना खेलाडीहरूले प्रतिस्पर्धा गरे । प्रतियोगिता आइएफएससीको नियमअनुसार, दुईवटा स्पीड रुट ए र वीमार्फत नकआउट फरम्याटमा आयोजना गरिएको थियो । मुख्य रुट सेटर निरज कार्कीले सेटअप गरेका रुटहरूमा खेलाडीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय खेल अधिकारी तथा खेलाडीहरूको शुभकामना प्राप्त भएको थियो ।

सगरमाथाको दुबै दिशाबाट सफल आरोहण गरेर बाल विवाहविरुद्धको सन्देश फैलाएकी कल्पना महार्जनको अभियानलाई सम्मान गर्न सुरु गरिएको यो पर्वतारोहण उत्सवले हरेक वर्ष सामाजिक सन्देश सहित बाल क्लाइम्बिङ विकासमा टेवा पु¥याउँदै आएको छ । यो वर्षको छैठौं संस्करणले भविष्यका च्याम्पियनहरूलाई थप प्रेरणा दिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय खेल अधिकारी तथा खेलाडीहरूको शुभकामना प्राप्त भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया