|
|
२०८१ चैत्र २९
1.5k views
ललितपुर - काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। विहीबार (चैत्र २८ गते) सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी आर्थिक वर्षको वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

बिजनेस पाटी