‘सगरमाथा संवादमा’ सहभागिता जनाउन चिनियाँ नेता सियाओ जी काठमाडौंमा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १
|
510 views

ललितपुर - ललितपुर। चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद शुक्रबारदेखि सोमबारसम्म अर्थात् जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ ।

       पात्रो/राशिफल  रेडियो YouTube