
ललितपुर । केही दिनदेखि विभिन्न Alert ID हरु मार्फत नेपाल टेलिकमका ग्राहकहरुको मोबाइलमा URL address हरु (जस्तै: https://shorturl.fm/K6xKh र https://shorturl.fm/xMwH6) राखेर 'Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url addresses) to login and secure it' भन्ने व्यहोराको सन्देश सम्प्रेषण गर्ने गरेको र उक्त एड्रेसमा लिंक खोल्न लगाई Connect IPS को Username र Password Entry गरी Login गर्न लगाएर ठगी गरिएको पाइएको छ । त्यसैले टेलिकमले आफ्ना सम्पूर्ण सेवाग्राहीलाई सचेत रहन र त्यस्ता लिंकहरु नखोल्न अनुरोध गरेको छ ।
कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुनसमेत टेलिकमले अनुरोध गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया