२०८२ भाद्र ६ | Aug 22, 2025

सञ्चालक समितिकी सदस्य शर्माको निधन प्रति सिटिजन्स बैंकद्वारा दुः ख व्यक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९


ललितपुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिकी सदस्य इला शर्माको निधन प्रति बैंकले दुख ब्यक्त गरेको छ ।

उनको पार्थिव शरीरमा आज पशुपतिको आर्यघाटमा बैंकका अध्यक्ष प्रबल जंग पाण्डे, सञ्चालक दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेललगायत बैंकका व्यवस्थापन समूहहरू, बैंकका शेयरधनी र कर्मचारीहरूले पुष्पमाला अर्पण गरी अन्तिम बिदाई गरेका थिए । ।

शर्माको असामयिक निधनले सिटिजन्स बैंक परिवार स्तब्ध भएको र बैंकलाई अपूरणीय क्षति पुर्‍याएको बैंकले जनाएको छ । उनी विगत १ वर्षदेखि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्यका रूपमा कार्यरत थिइन्। शर्माको हिजो हृदयघातका कारण असामयिक निधन भएको हो ।
पूर्व निर्वाचन आयुक्त समेत रहेकी शर्मालाई स्वास्थ्यमा असहज महसुस भएपछि नर्भिक अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारका क्रममा निधन भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया