२०८२ आश्विन १६ | Oct 02, 2025

सडक दुर्घटनामा परी अमेरिकामा दुई नेपाली विद्यार्थीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३१
|
459 views

लुइसियाना । सडक दुर्घटनामा परी अमेरिकामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा अमेरिकाको लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। घटनाको अनुसन्धान लुइसियाना स्टेट पुलिसले गरिरहेको छ ।

लुइसियानाका स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने नेपाली विद्यार्थीहरुमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन् । यो दुर्घटना गत जुलाई १३ मा भएको थियो ।

स्थानीय पुलिसका अनुसार, भारी वर्षा भइरहेको बेला यादवले यूएस हाइवे ८० मा होन्डा अकर्ड चलाइरहेका थिए, जसमा ओली र अन्य दुई जना यात्रु थिए। प्रहरीका अनुसार, कार सडकबाट बाहिरिएर एउटा रुखमा ठोक्कियो र त्यसपछि आगलागी भएको थियो।

घटना पश्चात् यादव र ओलीको घटनास्थलमै मृत्यु भएको अनुसन्धानमा खुलेको छ । तर उनीहरूले सिटबेल्ट लगाएका थिए वा थिएनन् भन्ने कुरा खुल्न नसकेको बताएको छ। कारमा रहेका अन्य दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। प्रहरीले टक्सिकोलोजी नमूनाहरू सङ्कलन गरी विश्लेषणका लागि पेस गरिने बताएको छ।

टेक युनिभर्सिटीले जुलाई १४ मा यस दुखद घटनाबारे एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । लुइसियाना टेकका अध्यक्ष जिम हेन्डरसनले फेसबुकमा दुर्घटनाबारे जानकारी गराएका थिए । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया