२०८२ भाद्र ६ | Aug 22, 2025

सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति : सदन खुल्छ – प्रचण्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३०

ललितपुर । संसद बैठकको अवरोध अन्त्यका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति भएको छ । सहमतिमा सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

सहमतिको पहिलोबुँदामा यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने साथै विगतदेखि भिजिट भिसा अध्यागमन प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको कानूनी, नीतिगत र संरचनागत सुधार गर्ने उल्लेख छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दलबीच दुई बुँदे सहमति भएपछि सदन खुल्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब रास्वपा आफ्नो ढंगले जाने बताए ।

रास्वपाले तीन दलबीचको सहमतिमा असन्तुष्टि जनाउँदै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया