|
|
२०८२ जेष्ठ २१
204 views
ललितपुर । सत्तापक्ष र विपक्षी दलले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेका छन् ।
प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेका थिए ।
आज दिउँसो १ बजेको लागि बोलाएको प्रतिनिधिसभाको बैठक अझै सुरू हुन सकेको छैन । हिजो पनि सहमति नहुँदा आजसम्मको लागि स्थगित गरिएको थियो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया