२०८२ श्रावण २५
51 views

ललितपुर । सत्तारुढ प्रमुख दुईदल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच छलफल भएको छ । छलफलमा बर्तमान सरकारका मन्त्री फेरबदलबारे कुराकानी भएको जनाइएको छ ।
बैठकमा भूमि विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक र संघीय निजामती कर्मचारी विधेयकबारे पनि बैठकमा कुराकानी भएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया