२०८२ जेष्ठ ३०

ललितपुर । सदनमा विपक्षी दलहरू दुई कित्तामा पुगेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेका छन् ।
रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग राखिरहेको छ ।
बैठक सुरु भएर सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि रास्वपा र राप्रपाका सांसदहरूले उठेर अवरोध गरेका थिए तर रास्वपा र राप्रपाको अवरोधबीच पनि सभामुखले सदन चलाएका छन् ।
रास्वपाका सांसद मनिष झाले संसदीय समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया