ललितपुर । ललितपुर महानगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा सदर चिडियाखानाको प्राङ्गणमा निर्माण गरिएको फाल्चाको समुद्घाटन गरियो । एक भव्य समारोह बीच विहीबार बिहान चिडियाखानाको प्राङ्गणमा उक्त समुद्घाटन कार्यक्रम गरिएको हो ।
कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदीको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतितिको रुपमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको उपस्थिति रह्यो ।
यस्तै ललितपुर महानगरपालिकाका प्रमुख, चिरी बाबु महर्जन, वन तथा वातावरण मन्त्रालयका सचिव दिपक कुरा खराल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेल, संरक्षण विभागकै उपमहानिर्देशक, बेद कुमार ढकाल, ललितपुर जिल्ला प्रमुख रमेश ढकाल, महानगरीय प्रहरी परिसर ललितपुरका प्र.ब.उ. श्याम कृष्ण अधिकारी, ललितपुर महानगरपालिकाका वडा नं. ४ का अध्यक्ष सन्तोष खड्का तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
फाल्चाको समुद्घाटन समारोहमा संचालक समितिका सदस्यहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, कोषका निर्देशक ज्यूहरु, बरिष्ठ इकोलोजिष्ट, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ललितपुर महानगरपालिका वडा नं। ४ का सम्पूर्ण जनप्रतिनिधिहरु, गुठीका पदाधिकारीहरु, स्थानिय क्वलका पदाधिकारीहरु समेतको बाक्लो उपस्थिति थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया