सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट अभियान
काठमाडौं ४ पौष २०८१ -सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशत सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ।
आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने र आफ्ना ग्राहकहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न, ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उनिहरूको सुरक्षालाई निरन्तरता दिन र ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्न कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यहरू हुन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया