२०८२ फाल्गुन ६ | Feb 18, 2026

सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १२
|
153 views

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको २७ प्रतिशत शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

सन लाइफ इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

हाल ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्त पुँजी रहेको इन्स्योरेन्स कम्पनीको हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

यसअघि हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ५ गते बुकक्लोज गरेको थियो। जस अन्तर्गत बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा वैशाख ३० गतेदेखि जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया