२०८२ भाद्र ८ | Aug 24, 2025

सप्तरीमा हवाई फायर

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १८

सप्तरी । लागू औषध ओसारपसारको आशंकका प्रहरीले सप्तरीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीले हवाई फायर समे गरेको हो । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् ।

प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि भाग्न लागेका उनीहरुलाई प्रहरीले दुई राउन्ड हवाई फायर गरेपश्चात् पक्राउ गर्न सफल भएको हो । स्थानीय प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया