सबैभन्दा धेरै कमाउने बलिउड फिल्म बन्यो ‘धुरन्धर’

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १३
|
1.3k views

ललितपुर - ललितप्र । बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको छ।

प्रदर्शनको १८औं दिनआइपुग्दा फिल्मले विश्वभर कुल ८७७ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। योसँगै ‘धुरन्धर’ यो वर्षकै सर्वाधिक कमाउने फिल्म बनेको हो । यसअघि यो कीर्तिमान फिल्म ‘कान्तारा ( द लेजेन्ड(च्याप्टर १) को नाममा थियो, जसले कुल ८५० करोड कमाएको थियो। समग्र भारतीय सिनेमाको इतिहासमा भने ‘धुरन्धर’ कमाइको हिसाबले ११औँ नम्बरमा उक्लिएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube