२०८२ आश्विन १६ | Oct 02, 2025

सबैभन्दा बढी आयकर दाखिला गरेकोले नेपाल टेलिकमलाई सम्मान पत्र

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर ३
|
663 views

काठमाण्डौ   मंसिर २०८१-आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकोले नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको छ ।
गत मङ्सिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका हुन्। नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० ले सो सम्मान ग्रहण गर्नुभयो।

आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।
.

फेसबुकबाट तपाईको प्रतिक्रिया