२०८२ भाद्र ६ | Aug 22, 2025

सभामुख घिमिरे र दलका सचेतकबीच छलफल

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६

ललितपुर। सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरू बीच सदनको अवरोध हटाउने विषयमा छलफल सुरु भएको छ । बैठक नयाँ बानेश्वर स्थिति संसद भवनमा छलफल सुरु भएको हो ।

लगातार विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई लिएर सदन अवरोध गरेपछि सो अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेतकहरुसँग छलफल थालेका छन् ।

दलका सचेतकहरुसँगको बैठक सकिए लगत्तै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । केही दिनदेखि विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म सदन चल्न नदिने बताउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया