२०८२ आश्विन १६ | Oct 02, 2025

सभामुख घिमिरे स्वदेश फिर्ता

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २८
|
816 views

काठमाडौँ  सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे यही चैत २३ गतेदेखि २७ गतेसम्म उज्वेकिस्तानमा भएको अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५०औँ सभा ‘नन एलिजेन्ड गभरमेन्ट पार्लियामेन्ट्री नेटवर्क’ (एनएएम पिएन) चौथो शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ । सभामुख घिमिरे यही चैत ११ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको मिडिया सेन्टरमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले तुलनात्मक रुपमा सभा सफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सामाजिक क्षेत्रमा, खासगरी संसद्को भूमिका र समाजलाई न्याय दिने सवालमा सामाजिक विकास र न्यायमा संसद्को पहल भन्ने मूल विषयमा छलफल भयो, छलफलमाथि सहभागी १८२ जनाका अतिरिक्त नयाँ आइपियुका सदस्यको पनि प्रतिनिधित्व रहेको थियो, त्यसमा समसामयिक राजनीति र त्यसले पारेको प्रभाव, समाजमा अहिले पनि भइरहेका असमानताका विषयबारे विचार–विमर्श भयो ।” सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलमा सांसदहरु श्यामकुमार घिमिरे, अन्जान शाक्य, सूर्यमान दोङ तामाङ र सोविता गौतम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका उपसचिव राजु रिमाल हुनुहुन्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया