२०८२ भाद्र ६ | Aug 22, 2025

सभामुख समक्ष रविको आग्रह : मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १९

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । मंगलबार विहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निलम्बन भएको सांसद पद फुकुवाका लागि सभापति समक्ष आग्रह गर्दै निवेदन पेश गरेका हुन् ।

सभामुख समक्ष रविको यो दोस्रो आग्रह हो । यसअघि गत माघ १८ गते लामिछानेले सभामुखलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

आग्रह गरेको दुई महिना वितिसक्दा पनि सभामुखले विवेक नपु¥याइ आफ्नो आग्रहलाई बेवास्ता गरिएको टिप्पणी रास्वपाले गरेको छ । सो पश्चात् मंगलबार पुनः सभामुख घिमिरेलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध जस्ता विषयमा विवादित छन् । उनी विरुद्ध ठगी र सम्पत्ति सुद्धीकरण शिर्षकमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते सांसद पदबाट निलम्बित भएका थिए ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी गराउन पत्राचार गरेको थियो । त्यसपछि संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया