२०८२ जेष्ठ १७

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले
समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय निकै महत्वपूर्ण र ऐतिहासिक भएको भन्दै राम्रो निर्णय लिन निजी क्षेत्र सरकारको साथमा रहेको र अब साधनस्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने बताए ।
उनले मौद्रिक नीति र बजेटबीच तालमेल मिलेमा उचित नतिजा आउने बिश्वास व्यक्त गरे ।
उनले बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै लगानीकर्तालाई एकद्वाभन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया