२०८२ भाद्र ६ | Aug 22, 2025

समाचार हटाउन लगाउने आदेश संविधानविपरीत -नेपाल पत्रकार महासंघ

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २८

ललितपुरं । नेपाल पत्रकार महासंघले समाचार हटाउन लगाउने काठमाडौं जिल्ला अदालतको आदेश संविधानविपरीत भएको निष्कर्ष निकालेको छ ।

आज एक प्रेस विज्ञप्तिमार्फत महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार नजरअन्दाज गरेर अदालतले दिएको आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र संविधानविपरीत रहेको जनाएको हो । महासंघले आदेशमा पुनर्विचार गर्न पनि आग्रह गरेको छ । अन्यथा त्यसविरुद्ध अदालती प्रक्रियासहित अन्य गतिविधि गर्न बाध्य हुने महासंघको भनाइ छ ।

काठमाडौं जिल्ला अदालतले मंगलबार नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित एउटा समाचारलाई हटाउन आदेश दिएको थियो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनमा अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले तत्काल समाचार हटाउन भनेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया