२०८२ भाद्र ६ | Aug 22, 2025

समूह विजेताको लक्ष्य बोकेर आज नेपाल र भारतबीच भिडन्त

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३०

काठमाडौँ । जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज मंगलबार नेपालले भरतसँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतको अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली स्टडियममा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

यसअघि नेपाल र भारत दुवै समूह ‘बी’ बाट सेमिफाइनलमा पुगिसकेका टिम हुन् । त्यसैले पनि आजको खेलमा विजय हुने टोली समूह विजेता बढी सेमिफाइनलमा पुग्नेछ ।

पहिलो खेलमा यी दुवै देश विजयी भएका थिए । नेपालले श्रीलंकालाई ५–० ले पराजित गरेको थियो भने भारतले पनि श्रीलंकालाई नै ८–० ले पराजित गर्दै अघि बढेको थियो ।

दुई खेलबाट पराजित भएको श्रीलंका उपाधि हेडबाट बाहिरिसकेको छ । प्रतियोगिताको सातौँ संस्करणमा ६ टोलीको सहभागिता छ । समूह ‘ए’मा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।

समूह ‘ए”मा दुई खेलबाट चार अंक जोडेको बंगलादेश पहिलो स्थानमा रहेर सेमिफाइनलमा पुगिसकेको छ । यसअघि बंगलादेशले माल्दिभ्ससँग २–२ को बराबरी खेल खेलेको थियो । तर, भूटानलाई भने ३–० ले हराउन सफल भएको थियो ।

यस्तै, माल्दिभ्स भने एक खेलबाट एक अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । समूह ‘ए’को अन्तिम खेल आजै माल्दिभ्स र भुटानबीच हुँदैछ । यसबाट विजयी हुने टोली समूह ‘ए’बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बन्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया