२०८२ भाद्र ६ | Aug 22, 2025

सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन १५

काठमाडौँ १५ फागुन २०८०।

केन्द्रीय बैंकले सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात रहेको जनाएको छ । माघ मसान्तसम्ममा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल १ खर्ब ११ अर्ब ३० करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो । यो नगद मौज्दात केन्द्रीय बैंक (संघीय सरकार), प्रदेश सरकार र स्थानीय तहको समेत हो ।
२०८० असार ३१ सम्ममा यस्तो नगद मौज्दात जम्मा ६० अर्ब रुपैयाँ मात्र रहेको थियो । समीक्षा अवधि (७ महिनामा) नगद मौज्दात ५१ अर्ब ३० करोड रुपैयाँले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया