सर्पको टोकाइबाट १३ वर्षीय किशोरको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५
|
459 views

ललितपुर - डडेलधुरा । डडेलधुरामा सर्पले टोक्दा एक १३ वर्षीय किशोरको ज्यान गएको छ । सर्पको टोकाइबाट डडेलधुरा परशुराम नगरपालिका–७, सादनीका प्रकाश भट्टराईको मृत्यु भएको हो ।

आज (असार ५) बिहान शौचालय गएका बेला उनलाई सर्पले टोकेको इलाका प्रहरी कार्यालय जोगबुडका प्रमुख सुरेश रोकायाले जानकारी दिए । घटना पश्चात्
तत्काल अस्पताल पुर्‍याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयका कक्षा–९ मा अध्ययनरत छात्र थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube