२०८२ आश्विन १६ | Oct 02, 2025

सर्लाहीमा मोटरसाइकल दुर्घटनाः चालकको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०
|
51 views

सर्लाही। सर्लाहीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकमा सवार एक पुरुषको मृत्यु भएको छ ।

सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१७ वडा कार्यालय नजिकै ना.४६प २८२० नम्बरको मोटरसाइकल बाग्मती नदीको पुलबाट खस्दा मोटरसाइकल चालक मलंगवा नगरपालिका–४का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

मंगलबार बिहान करिव ४ बजेको समयमा कटानीबाट कडरिया तोलतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित एर सडकबाट पुलमा ठोकिक्कदै तीन मिटरजति तल खोलामा खसेको पैहरीले जानाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रायलाई एलएस न्यूरो अस्पताल बारा लगिएको थियो । अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया