२०८२ जेष्ठ ३१

ललितपुर । प्रस्तावित सर्वोच्च अदालतका तीन जना न्यायाधीशको सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्को जेठ २७ गते बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले न्याय परिषद्ले सिफारिस गरेका तीन जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया