सर्वोत्तम सिमेन्टको आईपीओ १० लाख भन्दा धेरैले भरे

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन १६
|
1.1k views

ललितपुर - काठमाण्डौ १६ फागुन २०८० 

सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओका लागि अन्तिम दिनसम्ममा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ।

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १० लाख १२ हजार ३८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

याे कम्पनीकाे शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियाे।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन थियाे ।

 पात्रो/राशिफल  रेडियो VIDEO YouTube