ललितपुर - ललितपुर । सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागि सहकारीको ठुलो भुमिका हुने सहकारी तथा गरिबी निबारण मन्त्री बिनु रायमाझी पौडेलले बताएकी छिन् । उनले नेत्रज्योती कृषी सहकारी सस्थाद्धारा आयोजना गरिएको उत्कृष्ट कृषक सम्मान जेष्ठ नागरिक तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण तथा अचार बनाउँने तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

बागमती प्रदेस सरकारको अनुदान सहयोग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थीक सहयोगमा नेत्रज्योती कृषी सहकारी संस्थाद्धारा सञ्चालित १३ दिने कार्यक्रमको समापन कार्यक्रममा मन्त्री पौडेलले स्थानीय स्तरमा हुने उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारको व्यवस्था गर्न मन्त्रालयका तर्फबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताए ।
मन्त्री पौडेलले नेत्रज्योती कृषी सहकारी संस्थाले तालिमको व्यवस्था गरेर स्थानीय स्तरमा नै रोजगारको ब्यवस्थागर्न लागेकोमा बिशेष धन्यवाद दिँदै यसका लागि मन्त्रालयबाट हुन सक्ने सहयोग गर्ने बताए । उनले स्थानीय स्तरमा उत्पादन हुने हरेक तरकारीको किसानको मुल्य आउँने गरी बजारको ब्यवस्था गर्नका लागि मन्त्रालयबाट हुने सबै खाले सहयोग गर्ने बताए ।
पौडेलले सिप सिक्नु ठुलो कुरा होइन सिकेको सिपलाई सदुपयोग गर्नू ठुलो भएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्न अनुरोध गरे । कार्यक्रमका बिशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले कृषकलाई प्रोत्साहन गर्नका लागी बितरण गरिएको उत्पादनमा आधारित अनुदान दिनका लागि धेरै समस्या भएको भएतापनि कृषकलाई दिने अनुदान कुनै बहानामा रोक्न नहुने भन्दै यसरी दिएको अनुदानका कारण कार्बाहीमा परे आफै भोग्ने भनेर अनुदानलाई निरन्तरता दिएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हरेक कार्यक्रमको पारदर्शीता हुनपर्ने बताँदै समाज बिकासका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने बताए । कार्यक्रममा उज्यालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नेपाली काँगे्रस जिल्ला उपसभाती टङ्क कार्कीले नेत्रज्योती कृषि सहकारी संस्थाले बिगतमा गरेका कामहरुका बारेमा प्रशंसा गर्दै सहकारीको मर्म र नीति निर्देशिका अनुसार काम गरेर अगाडि बढेका सहकारी संस्थाहरुलाई कुनै पनि समस्या नआउने बताए ।
वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालले कृषि उत्पादनमा नेत्रज्योती कृषि सहकारी संस्थाले खेलेको भुमिकाको प्रशंसा गरे । कार्यक्रममा उद्योग बाणिज्य संघका भुपेन्द्र थापाले उद्योग व्यवसाय सञ्चालनमा पर्ने समस्याका बारेमा जानकारी हासिल गरेर उद्योग सञ्चालन गर्न सके त्यसले मुनाफा दिने बताए । कार्यक्रममा नेपाल बार एशोसियशन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र बहादुर थिङ्गले असाय अपाङ्गता भएका ब्यक्तिका लागि आफुले निशुल्क बहस गरिदिएको बताउँदै मानिसहरुले जहाँ जहाँबाट सेवा गर्न सकिन्छ त्यहाँ त्यहाँबाट सेवा गर्नु पर्छ भने ।
पूर्व वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले नेत्रज्योती कृषि सहकारी सस्थाले नँया कामको शुरुवात गरेकोमा धन्यबाद दिदै आफुले सिकेको सिप अरुलाई पनि सिकाउनु पर्ने बताए । नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सचिब मोहन बस्नेतले उपस्थितलाई स्वागत गरेका थिए भने संस्थाका ब्यवस्थापक नेत्रबहादुर बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।
उद्योग बाणिज्य संघका भुपेन्द्र थापाको बिशेष पहलमा लाइन्स क्लब अफ चौतारा सिटीद्धारा अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको थियो । क्लबका अध्यक्ष रबिन गौतम, पुर्ब अध्यक्ष भगवान खड्का, कबीन्द्र दुलाल सहितको टोलीले बिद्यार्थीलाई शैक्षीक सामाग्री समेत बितरण गरेका हुन् । कार्यक्रममा अपाङ्गता भएका ब्यक्ति अम्बर घले लगायत उत्कृष्ट २१ वटा कृषि फर्म र ९ जना कृषकलाई सम्मान गरिएको थियो । तालिम समापनका अवसरमा प्रशिक्षार्थी तथा सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

बिजनेस पाटी