२०८२ आश्विन १६ | Oct 02, 2025

सहमति जुटे हृदयन्द्रलाई उत्तराधिकारीका रूपमा स्वीकार्ने : कमल थापा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २३
|
102 views

ललितपुर । जेठ १५ गतेदेखि आन्दोलनरत राप्रपा नेपाल लगायतका केही राजावादीको समूहले सहमति जुटे हृदयन्द्रलाई उत्तराधिकारीका रुपमा स्वीकार्ने बताएका छन् । हिन्दू राष्ट्र, राजतन्त्र पुनस्थापनाको माग राख्दै विगत केही समयदेखि राप्रपा लगायत राजवादीहरु सडक आन्दोलन गरिरहेका छन् । व्यवस्था परिवर्तन हुनुपर्छ भन्दै गरेको उनीहरूको आन्दोलनमा राप्रपा, पूर्व राजवादी र अन्य समर्थकहरुको सहभागिता रहेको छ ।

राजावादीहरुले राजसंस्था पुनःस्थापना गर्नुपर्छ भन्दै प्रदर्शनमा उत्रेपछि गणतन्त्रवादीले पूर्व युवराज पारस शाहको नैतिकता र व्यवहारमाथि प्रश्नचिन्ह लगाउँदै आएका छन् । त्यसैले पनि राजावादीले पारसलाई होइन ज्ञानेन्द्रपछि सिधै हृदयन्द्रलाई राजा बनाउन सकिने तर्क राखेका छन्।

गणतन्त्रवादीका यस्ता प्रश्नको खण्डन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले सहमति जुटे हृदयन्द्रलाई उत्तराधिकारीका रूपमा स्वीकार्न सकिने धारणा व्यक्त गरेका छन्।

शाहवंशीय राज परम्पराको अहिलेको उत्तराधिकारी भनेकै ज्ञानेन्द्र नै हुन्।’ ‘ज्ञानेन्द्र राजा भइसकेपछि सबै राजनीतिक दलहरूका बिचमा सहमति हुन्छ भने र स्वयं राजाको पनि सहमति हुन्छ भने नाति नवयुवराज हृदयन्द्रलाई उत्तराधिकारीका रूपमा कायम गर्न सकिन्छ’, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया