२०८२ भाद्र ६ | Aug 22, 2025

सहमति पश्चात पनि चलेनन् सार्वजनिक यातायात, बन्दको मारमा सर्वसाधारण

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०

ललितपुर। मंगलबार पनि देशभर सार्वजनिक यातायात चलेनन् । यसको प्रत्यक्ष मारमा बालबालिका, जेष्ठ नागरिक र बिरामीहरु परेका छन् ।

काठमाडौं उपत्यकामा समेत सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु मार्कामा परेका छन् । सोमबारदेखि यातायात व्यवसायीहरूले देशभर सार्वजनिक यातायात बन्द गराइरहेका छन् ।

यातायात व्यवसायी संघ र सरकारबीच सहमति भएको भनिए पनि सडकमा सवारीसाधन देखिएका छैनन । आज पनि यातायात व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडान लिएको व्यवसायी संघले सहमति पश्चात पनि गाडी बन्द गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया