सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा : विमानस्थलको अध्यागमनमा छापा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७
|
357 views

ललितपुर -  

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले आज बुधबार नियन्त्रणमा लिएको हो ।उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोली पुगेको छ ।

      अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले रेड हानेको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube