सहृदयता अन्तर्राष्ट्रिय इजरायलको अध्यक्षमा खतिवडा
काठमाण्डौ १७ मंसिर २०८१
सहृदयता अन्तर्राष्ट्रिय इजरायलको अध्यक्षमा अनिश खतिवडा निर्वाचित भएका छन् । संस्थाको तेस्रो अधिवेशनबाट खतिवडासहित १९ सदस्यीय कार्यसमितिको कार्यकाल सन् २०२६ सम्म रहनेछ ।
अध्यक्षमा खतिवडा, वरिष्ठ उपाध्यक्षमा मेनुका लिङ्देन, उपाध्यक्षमा भीमकुमारी मगर, महासचिवमा सन्तोषी खड्का, सचिवमा भोला पराजुली, कोषाध्यक्षमा राजन कार्की, उपकोषाध्यक्षमा डोल्मा शेर्पा निर्वाचित भएका छन् ।
सदस्यहरूमा सोमराज पाठक, राधिका थकाली, गोमा मगर, फुर्वा शेर्पा, गणेश खतिवडा, रिता चौधरी, दीपा समारी, रेखा क्षेत्री, निर्मला अधिकारी, लाक्पा शेर्पा र बिमला मोक्तान तामाङ निर्वाचिन भएका छन् । कार्यसमितिका प्रमुख संरक्षकमा अर्जुन पोख्रेल र संरक्षक पवित्रा क्षेत्री बजगाईं रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष खतिवडाले सिङ्गो समिति एक भई हाम्रा उद्देश्य एवं लक्ष्यप्राप्तिमा अघि बढ्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया