
ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको विषयमा सांसदहरुको बुझाइ गलत भएको स्पष्ट पारेकी छन् । यदि मैले बोलेको भाषा सांसदहरुले नबुझेको हो भने जसको समस्या हो उसैको उपचार गर्नु पर्ने बताएकी छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको प्रष्ट पारेकी छन् । उनले प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको र यो अन्तरलाई जो जसले बुझ्न सकेनन् त्यो उसैको समस्या भएको बताइन् ।
उनले भनिन्, “हिजो मैले संसद्मा राखेको विषयवस्तु हटाउन माग पनि भएको रहेछ । हामी सदन बहिस्कार गरेर गएपछि पछि थाहा भयो । प्रधानमन्त्रीको सचिवालयबाट चुनौती पनि आएको रहेछ । केही माननीयज्यूहरूले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ ।”
गौतमले थपिन् रास्वपा एक जिम्मेवार पार्टी हो । जिम्मेवार पार्टीको जिम्मेवार सांसदको हैसियतले आफूले सबैको जानकारीका लागि र स्पष्टरुपमा आफ्ना भनाइहरु राख्न चाहेको बताइन् ।
उनले आफूले कहीँ कतै “स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर नभनेको प्रष्ट्याइन् । सबैले राम्रोसँग कान खोलेर सुन्नुहोस् हिजो बोलेको वाक्य पुनः दोहोर्याउन चाहन्छु भन्दै सांसद गौतमले पुन सोही वाक्यांश दोहो¥याइन् ।
उनले आफ्नो मंगलबारको भनाइ रेकर्डबाट किन हटाउने ? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउन पर्ने त होइन ? भन्ने प्रश्न गर्दै उनले आफूले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ भने त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया