२०८२ आश्विन १६ | Oct 02, 2025

साउदीमा बन्धक बनाइएका नेपालीको तत्काल उद्धार गरौं : ज्ञानबहादुर शाही

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २८
|
51 views

ललितपुर । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न सरकारसमक्ष माग गरेका छन् । बैठकको आकस्मिक सुन्य समयमा बोल्दै सांसद शाहीले साउदी अरेबियाको जुबेलमा चार सय ६९ नेपाली बन्धक बनाइएको भन्दै उनीहरु सबैको तत्काल उद्धारका लागि सरकारसँग माग गरेका हुन् ।

सांसद शाहीले विदेशी भूमिमा बन्धक बनाइएका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको तत्काल उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सदनमार्फत् ध्यानार्कषण गराएका छन् ।

उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरू निरन्तर ठगीमा परिरहेकातर्फ सचेत गराउँदै विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा उद्धार गर्न सरकारसमक्ष माग गरे ।

यसैगरी नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहितको संरक्षण गर्दै समग्र श्रम क्षेत्रको व्यवस्थापनका लागि त्रिपक्षीय श्रम आयोग स्थापनाको माग गरिन्। सरकार, रोजगारदाता, श्रमिकको प्रतिनिधित्वसहित आयोगको व्यवस्था गर्दै वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सकिने धारणा राख्दै सांसद कोइरालाले जुम्लाको गुठीचौरमा अवरुद्ध विद्युत् आपूर्ति नहुँदा स्थानीयले भोग्नु परेको सास्तीतर्फ सरकारको ध्यानार्कषण गराएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया