साउनको सोमबार र स्वादिष्ट परिकार
काठमाण्डौ
नेपाली पात्रोको चौथो महिना अथार्त्साउन महिनालाई आध्यात्म, शान्ति, र भगवान शिवको भक्तिको
महिनाको रुपमा मनाइन्छ । सांस्कृतिक तथा धार्मिक रुपमा निकै महत्व बोकेको साउन महिनामा हिन्दु
धर्मावलम्बीहरु शाकाहारी भोजन खाने गर्दछन्। यो महिनामा मदिरा तथा माछा– मासुहरु त्यागेर फलफूल,
दुधका परिकार, खिर, तथा सागसब्जीहरु खाने गरिन्छ ।
आयुर्वेद शास्त्रको अनुसार, “यो समयमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता निकै कम हुन्छ । यस समयमा
मांसाहारी, मसालेदार वा चिल्लो खानेकुराको सेवन गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली र पाचन प्रणाली दुवैमा
नकारात्मक असर पार्दछ । साउन महिनामा वर्षा धेरै हुने भएकाले घाम त्यति मजाले लाग्दैन जसले गर्दा
हामीलाई खाने कुरा पचाउन गाह्रो हुन्छ । त्यसैले नेपालमा साउन महिना शाकाहारी मात्र खाने चलन छ
।”
धार्मिक ग्रन्थ विष्णु पुराणमा पनि साउन महिनामा समुद्र मन्थन भएको मानिन्छ । समुद्र मन्थनमा, चौध
प्रकारका माणिहरू देखा परेको थियो, जसमध्ये तेह्रवटा मणिहरु दानवहरूबीच बाँडिएका थिए । त्यसैगरि
बाँकी एक, हलाहल (विष) भगवान शिवले खाएको हुनाले उहाँको घाँटी नीलो रङ्गको भएको भन्ने विश्वास
छ । भगवान शिवलाई त्यसैले ।।।नीलकण्ठ’ पनि भनिन्छ । त्यही विषको प्रभाव कम गर्नका लागि भगवान
शिवले आफ्नो शिरमा अर्धचन्द्र धारण गरेको र अन्य भगवानहरुले उहाँलाई गंगा जल चढाएको मान्यता
छ।
साउनको बारेमा यस्ता मान्यताहरु धेरै छन्। भक्तजनहरूले विशेष गरी सोमबारको दिन व्रत बस्ने गर्दछन्
। सबै उमेरका महिलाहरूले भगवान शिवको सम्मान गर्न उपवास गर्ने, मन्त्र जप्ने, र समुद्र मन्थनका
कथाहरू सुनाउँने चलन छ ।
यो महिना भर नेपालीहरुले सफा, शुद्ध र साकाहारी खाना रुचाउनी भएकोले धेरै रेस्टुरेन्ट तथा फुड
डेलिवरी प्लेटफर्महरुले खानाको प्रबन्ध गरिरहेको हुन्छ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले
पनि काठमाडौँ, पोखरा र चितवनका लोकप्रिय रेस्टुरेन्टबाट ग्राहकवर्गले खोजे जस्तै खाना पुर्याउँदछ ।
ग्राहकहरुको धार्मिक मान्यताको सम्मान गर्दै फुडमान्डुले यो साउनमा विभिन्न रेष्टुरेण्ट तथा होटलहरुका
शाकाहारी भोजनमा ग्राहकवर्गको पहुँच सुनिश्चित गर्ने भएको छ । फुडमान्डु एपबाट टीपटपको समोसा,
अन्नपूर्ण स्विट्सको छोले भटुरे, मोति महल डिलक्सको पनिर बटर मसला र बटर नान र संगम स्विट्सको
भेज मःमः जस्ता बिभिन्न रेष्टुरेण्टका खानाहरु सहजै अर्डर गर्न सकिन्छ ।
यो साउनमा मिठाई होस्या खाना, जुस होस्या फलफुल फुडमान्डुमा ग्राहकहरुलाई मन पर्ने सम्पूर्ण
प्रकारका खानाहरु उपलब्ध छ । अर्डर गर्नको लागि आजै फुडमान्डु एप डाउनलड गर्नु होस्।
फेसबुकबाट तपाईको प्रतिक्रिया