|
|
२०८२ जेष्ठ २०
204 views
ललितपुर - ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस र नेकपा (एमाले)ले गरेका सातबुँदे बाचाअनुसार तत्काल संविधान संशोधनका लागि काम सुरू गर्नुपर्ने बताएका छन् ।
मंगलबार बाँके क्षेत्र नम्बर–२ ले नेपालगञ्जमा गरेको कार्यक्रममा महामन्त्री थापाले सातबुँदे सहमतिको जगमा बनेको सरकारले बाचा बिर्सन नहुने भन्दै अहिलेको अलमलबाट बाहिर निस्केर संविधान संशोधन प्रक्रियाबारे छलफल थाल्न ढिला गर्न नहुने बताए । उनले अहिले गठबन्धन भत्काउने भनेर प्रचण्ड हातमा हँसिया हथौडा बोकेर हिँडेको टिप्पणी गरे ।
संघीयता फाल्ने नभई खर्च घटाउनतिर लाग्नुपर्ने भन्दै उनले संघमा १०, प्रदेशमा ३ मन्त्री भए पुग्ने र उपराष्ट्रपति, उपसभामुखलगायतका पद अनावश्यक भएको भनाई राखे ।

बिजनेस पाटी