सातवटा बसहरू एकअर्कासँग ठोक्किँएर लागेको आगलागीमा परी चारजनाको मृत्यु, ५० भन्दा बढी घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १
|
1.2k views

ललितपुर - उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।

प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरुकोे ठक्करको कारणले उनीहरुको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ ।

घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube